इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - बडादशैँको सातौँ दिन आज काठमाण्डाैको हनुमानढोकामा रहेकाे दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ ।
गोरखाबाट ल्याइएको फूलपाती हर्षोल्लासका साथ विधिपूर्वक काठमाण्डौको दशैँ घरमा भित्र्याइएको हो । पूजारीले फूलपातीकाे विधिपूर्वक पूजा आराधना गरी भित्र्याउँदा नेपाली सेनाको टुकडीले तोप पड्काएर हर्षबढाईँ गरेकाे थियाे ।
परापूर्वकालदेखि नै काठमाण्डौको हनुमानढोकामा रहेकाे दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने गरिँदै आएकाे छ । पृथ्वीनारायण शाहले काठमाण्डौ उपत्यकामाथि विजय हासिल गरेर हनुमानढोका दरबारबाट राजकाज सुरु गरेसँगै गोरखा दरबारबाट फूलपाती ल्याउने प्रचलन सुरु भएको हो ।
गाेरखादेखि धादिङको जीवनपुरसम्म गोरखा दरबारका दशैँघरका पूजारीसहित मगरजातिका ६ जनाले ल्याउने र जीवनपुरबाट हनुमानढोकासम्म ब्राह्मण जातिका ६ जनाले सो फूलपाती ल्याउने प्रचलन भए पनि यस पाला भने गाेरखाबाटै माेटरमा ल्याइएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।