नेपाल टेलिभिजनका पूर्व नायब महाप्रबन्धक आचार्यको निधन

 असोज १९, २०७६ आइतबार ९:५२:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ तथा अग्रज पत्रकार राजेन्द्रदेव आचार्यको आइतबार निधन भएको छ । 

६१ वर्षको उमेरमा आइतबार बिहान आचार्यको नर्भिक अस्पतालमा निधन भएको छ । कलेजोसम्बन्धी रोगको उपचार लागि उहाँ अस्पताल भर्ना हुनुभएको थियो । 

नेपाल टेलिभजनका पूर्व नायब महाप्रबन्धक तथा समाचार निर्देशक रहनुभएका आचार्य न्युज २४ टेलिभिजनका समाचार प्रमुख हुनुहुन्थ्यो । उहाँ पत्रकारितासँगै प्राध्यापनमा पनि संलग्न हुनुहुन्थ्यो । 

उहाँको आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया