काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना, ११ जना गम्भीर घाइते

 असोज १९, २०७६ आइतबार १२:३८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – काठमाण्डौबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना हुँदा ११ जना गम्भीर घाइते भएका छन् । 

ना ७ ख ६८४१ नम्बरको बस दाङको लमही नगरपालिका–९ दाङ र बाँकेको सीमाना शिवखोलामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) खिमबहादुर घर्ती मगरले जानकारी दिनुभयो । 

चालक अनिँदो हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनामा घाइते यात्रुहरूलाई उपचारको लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया