इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर ...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति नरोकिए कडा संघर्ष गर्ने चेतावनी दिनुभएको छ ।
विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ भनेर लामो संघर्ष गरिएको तर सरकारले आफुखुसी पदाधिकारी नियुक्त गरिरहेको भन्दै डाक्टर केसीले आन्दोलनको चेतावनी दिनुभएको हो ।
गएको शुक्रबार सरकारले त्रिभुवन विश्वविद्यालयको उप कुलपतिको लागि डाक्टर भगवान कोइराला, डाक्टर चन्द्रमणि पौडेल र डाक्टर धर्मकान्त बास्कोटाको नाम अन्तिम सूचीमा राखेको छ, तर डाक्टर केसीले भने सरकारको यो निर्णयमा आफ्नौ गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
उहाँले नियुक्तिको हालको प्रक्रिया रोकेर पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुसार पदाधिकारी नियुक्त गर्न पनि माग गर्नुभएको छ ।
यस्तै उहाँले युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरुलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार दण्ड गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएसको पढाइ सुरु गर्न पनि माग गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
rajesh sharma
Oct. 6, 2019, 8:12 p.m.फेसबुकेहरु शीर्षक मात्रै पढेर प्रतिकृया जनाउछन । त्यसैले हो कि प्रकृयामा रहेको डा केसीको बिरोधलाई डा भगवान कोइरालाको बिरोध गरेको भनेर शीर्षक बनाइयो र प्रतिकृयस पनि त्यस्तै आए । नेपाल किन यस्तो अजीब भएको होला ?