कोरला नाका छिटो खुलाउने गरी कामलाई तीव्रता दिन संसदीय समितिकाे निर्देशन

 असोज १९, २०७६ आइतबार १७:५२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले चीनसँग जोडिएको कोरला नाका छिटोभन्दा छिटो खुलाउने गरी भौतिक पूर्वाधारको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको छ । 

संघीय संसदको विकास तथा प्रविधि समितिले नाका पुग्ने बेनी–जोमसोम–कोरला सडकखण्डको स्थलगत निरीक्षणको क्रममा नाका छिटोभन्दा छिटो खुल्नेगरी सडकलगायतका पूर्वाधार निर्माणको काममा तीव्रता दिन सरकारलाई सचेत गराएको हो ।

समितिकी सभापति कल्याणी खड्काले ‘नेपाल भ्रमण वर्ष–२०२०’ अघि नै यो नाका खुलाउने गरी पूर्वाधार निर्माणको कामलाई तीव्रता दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई निर्देशन दिनुभयो । संसदीय समितिले त्यस सडकखण्डमा पर्ने पुल निर्माणका लागि हालसम्म डिजाइनको काम समेत नभएकोमा पनि असन्तुष्टि जनाएको छ ।

सभापति खड्काले पुलहरुको डिजाइनसमेत नभएबाट सरकार नाका खुलाउन गम्भीर नभएको हो कि भन्ने देखिएको पनि बताउनु भयो ।

समितिले त्यस नाकासँग जोडिएको बेनी–जोमसोम–कोरला सडक खण्ड निर्माण कार्य पनि अति सुस्त भएको निष्कर्ष निकाल्दै ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न पनि सरकारलाई निर्देश गरेको छ ।

त्यसैगरी सडकखण्ड निर्माणका लागि विस्फाेटक पदार्थको तत्काल व्यवस्था गरिदिन सरकारलाई निर्देशन दिनुपर्ने अवस्था देखिएको पनि स्थलगत भ्रमणका क्रममा समितिकी सभापति खडकाले बताउनु भयो । राष्ट्रिय गौरवको यो आयोजनालाई सरकारले उच्च प्राथमिकता दिन नसकेको समितिको बुझाइ छ ।

समितिले भौगोलिक विकटताका कारण पनि सडकखण्ड निर्माणको काममा ढिलाइ हुन गएको निष्कर्ष निकालेको छ । एक हप्ता अघि समितिकी सभापति खड्काको नेतृत्वमा सो सडकखण्डको स्थलगत अनुगमनका पुगेको संसदीय टोलीले सो सडकखण्ड निर्माणका लागि बजेटको भने अभाव नभएको पाइएको पनि जनाएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया