ईपीएल फुटबलमा आज पाँच वटा खेल हुँदै
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - खानपानमा हेलचेक्र्याइँ गर्दा मुटुसम्बन्धी समस्या देखिने भएकोले दशैँको समयमा खानेकुरामा विशेष ध्यान दिन डाक्टरहरुले सुझाव दिएका छन् ।
४० वर्षभन्दा माथिका व्यक्तिलाई मुटुसम्बन्धी समस्या हुने सम्भावना धेरै हुने भएकाले खानेकुरा खाँदा आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गर्नुपर्ने डाक्टरको भनाइ छ । दशैँमा माछा, मासुका साथै जाँडरक्सी पनि धेरै खाने चलन बढ्दै गएकाले मुटुको समस्या पनि बढ्ने जोखिम धेरै रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर रञ्जित शर्माले बताउनुभयो ।
चिल्लो र बोसो धेरै भएका, तारेका र भुटेका खानेकुरा कम मात्र खाने र जाँडरक्सी नखाने गरेर मुटुलाई बचाउन सकिने उहाँको भनाइ छ ।
दुई वा दुईभन्दा धेरै प्रकारका खानेकुरा एकैचोटी नखान पनि उहाँको सुझाव छ । मुटुसम्बधी समस्या भएकाहरुले मासु नै खान नहुने भन्ने नभएको तर स्वास्थ्य अवस्था हेरेर, खानाको सन्तुलन मिलाएर खान सकिने डाक्टर शर्माले बताउनुभयो ।
रातो मासुले कोलेष्ट्रोल बढ्ने भएकाले सकेसम्म सेतो मासु खाने गरे मुटु बचाउन सकिने मुटु रोग विशेषज्ञ शर्माको भनाइ छ । धेरै जाँडरक्सी खाँदा मुटुमा रगत जम्ने र हृदयाघात हुने सम्भावना रहने भन्दै उहाँले चाडपर्वको समयमा खानेकुरा ठिक्क मात्रै प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।