ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सकेमा वन डढेलोको जोखिम कम हुने
फागुन १५, २०८१ बिहिबार
रसुवा - रसुवाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको छ ।
पर्यटकीय सिजन सुरु भएसँगै नेपाली तथा विदेशी पर्यटकको आगमन बढेको हो । आएका पर्यटकमध्ये गोसाईकुण्ड र लाङटाङ जानेको सङ्ख्या उच्च छ । लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेको भए पनि यो सिजनमा सबैभन्दा बढी पर्यटक आउने गरेका छन् ।
अहिले दैनिकरूपमा डेढ सयको हाराहारीमा पर्यटक आइरहेका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन् ।
असोज १५ गतेदेखि कार्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन् । जिल्लाको पर्यटकीय क्षेत्रहरूमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ ।
जिल्लाको गोसाईकुण्ड, लाङटाङ र तामाङ सम्पदा मार्गमा अहिले पर्यटक जानका लागि कुनै पनि समस्या नरहेको निकुञ्जका सूचना अधिकारी शिवलाल गैरेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।