पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - आज देशभर पापांकुशा एकादशी मनाइँदै छ ।
दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ-धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ ।
आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ ।
दशैँमा काटमार गरिने र त्यसकै सेरेफेराेमा पर्ने हुनाले बाेलीचालीकाे भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन् ।
आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।