जितको खुशीमा फ्रेन्च राष्ट्रपतिले भिजेको थाहै पाएनन् कि छाता दिइएन ?

 असार ३१, २०७५ सोमबार ०:२३:४७ | एजेन्सी
unn.prixa.net

विश्वकप फुटबलको फाइनल खेल सकिनेबित्तिकै रुसको मस्कोमा भारी वर्षा भयो । 

फ्रान्सेली खेलाडीहरु खुशीयाली मनाइहेका थिए । पानी परेकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई छाताको व्यवस्था गरिएको थियो । जब फ्रान्सलाई ट्रफी दिने समय आयो, फिफा अध्यक्ष जियानी इन्फान्तिनोसँगै रुसी राष्ट्रपति पुटिन, फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोन र क्रोएसियाकी राष्ट्रपति कोलिन्डा किटारोभिच पनि सँगै थिइन् । 

फ्रान्सेली राष्ट्रपति म्याक्रोन त देशले दोस्रो पटक विश्वकफको ट्रफी उचालेको खुशीमा भिजेको पत्तै पाएनन् । तर फाइनलमा हारे पनि पहिलो पटक विश्वकप फुटबलको उपविजेता बनेकोमा क्रोएसियाली राष्ट्रपतिको अनुहारमा पनि चमक देखिन्थ्यो । 

फिफाले पछि छाताको व्यवस्था त गर्यो । फिफा अध्यक्ष इन्फान्तिनोलाई छाता दिइए पनि सँगै बसेकी कतार एयरवेजकी स्टाफलाई बेवास्ता गरिएकोमा फिफाको आलोचना भएको छ । साथै रुसी राष्ट्रपति आफू नभिजेर अरु भिजेको हेरेर बसेको भन्दै सामाजिक सञ्जालमा उनको पनि आलोचना भएको छ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया