इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटी र म्यानचेस्टर ...
फागुन १५, २०८१ बिहिबार
मकवानपुर – हेटौंडा–६ चौघडामा सञ्चालन गरिएको तरकारी खेतीको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले अवलोकन गर्नुभएको छ । प्रदेश ३ सरकारको भूमि, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा सुरु गरिएको तरकारी तथा फूल खेतीको मुख्यमन्त्री पौडेलले अवलोकन गर्नु भएको हो ।
हेटौंडा–६ चौघडाका बालकृष्ण चौलागाईंले ग्रीन हाउस निर्माण गरी गर्नुभएको ‘मन्जुश्री आधुनिक फूल एवम् तरकारी खेती’ को उहाँले बुधबार अवलोकन गर्नुभएको हो ।
गोलभेँडा खेतीको अवलोकन गर्दै पौडेलले भन्नुभयो, ‘आधुनिक कृषिको विकास गरी प्रदेश तीनलाई तरकारीमा आत्मनिर्भर बनाउने नै हाम्रो उद्धेश्य हो ।’ उहाँले भन्नुभयो ‘प्रदेश तीन सरकारले कृषिमा आधुनिकीकरण गर्न र कृषि पेशा उद्योगसँग जोड्न कृषिको क्षेत्रमा विकासका योजना ल्याउने तयारी गरिरहेको छ ।’
प्रदेश सरकारले विशिष्टिकृत उत्पादन क्षेत्र निर्धारण गरी सामूहिक करार खेतीमा आधारित एकीकृत कृषि प्रणाली अभियानको रुपमा कार्यान्वयनमा ल्याउने उहाँले बताउनुभयो ।
उहाँले सार्वजनिक तथा निजी क्षेत्रको साझेदारीमा एक जिल्ला एक एकीकृत श्रोत केन्द्रसहितको कृषि फार्म सञ्चालन गर्ने समेत जानकारी दिनुभयो । प्रदेशका ६६ निर्वाचन क्षेत्रमा ६६ नमूना कृषि फार्म सञ्चालन गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।