बराबरीमा रोकिए जर्मनी र अर्जेन्टिना

 असोज २३, २०७६ बिहिबार ६:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाको मैत्रीपूर्ण खेलमा जर्मनी र अर्जेन्टिनाबीचको खेल बराबरीमा सकिएको छ । जर्मनीले २–० को अग्रतालाई जोगाउन सकेन । 

जर्मनीको डर्टमुण्डमा भएको खेलमा घरेलु टिमले पहिलो हाफमा नै लिएको २–० अग्रता अन्तिममा जोगाउन सकेन । खेलको १५ औँ मिनेटमा नै नाब्रीको गोलमा जर्मनीले अग्रता बनाएको थियो । त्यसपछि २२ औं मिनेटमा हाभेर्जले गोल गरेर टिमलाई २–० ले अगाडि राखे । 

पहिलो हाफमा २ गोलले अगाडि रहेको जर्मनीले दोस्रो हाफको अन्तिम आधा घण्टा खेल नियन्त्रणमा राख्न नसक्दा गोल खान पुग्यो । ६६ औं मिनेटमा अलारियोले गोल गर्दै अर्जेन्टिनालाई २–१ को अवस्थामा पुर्‍याए । 

त्यसपछि ८५ औं मिनेटमा ओकाम्पोसको गोलमा अर्जेन्टिनाले खेल २–२ गोलको बराबरीमा पुर्‍यायो । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया