सास फेर्न गाह्रो भएपछि हिरासतमा रहेका महरा अस्पताल भर्ना

 असोज २३, २०७६ बिहिबार १४:२५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बलात्कार प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

श्वास फेर्न गाह्रो भएपछि उहाँलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ । उच्च रक्तचाप र मधुमेहबाट पीडित महरालाई हिरासतमा पनि अक्सिजन दिएरा राखिएको थियो । 

बिहीबार बिहानदेखि उहाँलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

महरामाथि संसद सचिवालयकै कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा उजुरी दिएपछि १९ गते महाअष्टमीको दिन उहाँलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • dhama paudyal

    Oct. 10, 2019, 3:54 p.m.

    कस्तो लाज्ञो मेरो भबिस्यबाणी । मैले त क रिब दस पटक पोस्ट र कमेन्ट मा गिरफ्तार्को खवर आउना साथ देखी आज सम्म भनि- लेखी सकेको थिए । आखिर बिरामी को नाटक रचिन्छ । झोले #मार्सिचामलकोभात वाला डाक्टर ले सिफारिस गरी हाल्छन । अनि संपुर्ण सुबिधा सम्पन्न अस्पातल को केबिन मा लगेर राखिनेछ र सबै खर्च दिन को लाख भन्दा बढी सरकार के तिर्नेछ । त्यस पछी को कुरो पनि लेखेको थिए । त्यस्पछी अदालत मा मुद्दा हालिन्छ अनि उनिहरुकै पार्टिका झोले च म चे न्यायाधिस ले प्रमाण नपुगेको भनेर सफाइ दिनेछन र पार्टिका नेताले फुल माला लगाएर जेल्बाट घर लानेछन । अन्तिम सम्भाबना चाही यदी जेल्बाट निकाल्न सकेनन भने केहि दिन पछी ओलि की रास्ट्र्पती छदैछिन "राम्रो आचराण गरेको ले आम माफिदी इ एकोछ" भनेर गाइको दुध ले नुहाइदिने ।

  •  0 Reply

तपाईको प्रतिक्रिया