टी-२० सिरिज: नेदरल्याण्ड्सद्वारा हङकङ ३७ रनले पराजित

 असोज २३, २०७६ बिहिबार १५:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानमा जारी पाँच देश सहभागी टी-२० सिरिजमा नेदरल्याण्ड्सले अन्तिम खेलमा जlत हात पारेको छ । नेदरल्याण्ड्सले बिहीबार भएको अन्तिम खेलमा हङकङलाई ३७ रनले पराजित गर्दै सुखद् अन्त्य गरेको हो । जारी प्रतियोगितामा हङकङले भने एक खेल पनि जित्न सकेन ।

नेदरल्याण्ड्सबाट १८६ रनको लक्ष्य पाएको हङकङ निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १४८ रनमा रोकिन पुग्यो । हङकङका हारोन अर्सदले ६८ रन बनाए पनि टिमलाई जित दिलाउन भने असफल रहे ।

साहिद वसिफ २१ रनमा नट आउट रहेका थिए । ७३ रन बनाउँदा ५ विकेट गुमाएको हङकङको पारीलाई हारोन र साहिदले सम्हालेका थिए । तर टिमको स्कोर १४५ रन हुँदा छैटौँ विकेटको रुपमा हारोन ६८ रन बनाएर आउट भएका थिए । उनले ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरेका थिए । बे्रन्डन ग्लोभरले चार तथा पिटर सीलारले २ विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८५ रन बनायो । मध्यम सुरुवात गरेको नेदरल्याण्ड्सले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेको थियो ।

तर दोस्रो विकेटका लागि टोबियास भिसी र रे भान डर मर्वीबीच अर्धशतकीय साझेदारी भएको थियो । जसमा भिसी ६८ रनमा आउट भए । उनले ४३ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए ।

यस्तै म्याक्स ओडोडले १० रन बनाए भने कोलिन एकरमन नौ तथा कप्तान पिटर सीलार दुई रनमा आउट भए । त्यसपछि क्रिजमा आएका स्कट एडवार्डले अविजित ४२ रन बनाए भने मर्वीले अविजित ५० रनको योगदान गरे ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया