नेपाल ६४ रनमा अल आउट: घरेलु टाेली ओमनले पायाे ६५ रनकाे झिनाे लक्ष्य

 असोज २३, २०७६ बिहिबार १६:४९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले र ओमानलाई ६५ रनकाे झिनाे विजय लक्ष्य दिएकाे छ ।

ओमान क्रिकेट संघको मैदानमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गर्याे । नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भए जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो ।

त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए । उनी ५ रनमा पेभेलियन फर्किए । लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र र आरिफ शेखबीच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए ।

त्यसको लगत्तै विनोद भण्डारी पनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्ने क्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि छैटौँ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो । सातौँ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए । तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।

त्यसपछि दशाैँ ओभरमा नेपालकाे स्काेर ६१ हुँदा साेमापाल कामी आउट भए । लगत्तै एघाराैँ ओभरकाे पहिलाे बलमा सन्दीप लामिछाने नवाैँ विकेटका रुपमा आउट भए । 

लामिछानेलाई पहिलाे बलमा आउट गरेका ओमनका आमिर कलीमले त्यसै ओभरकाे अन्तिम बलमा अविनाश बाेहराकाे पनि विकेट लिएपछि नेपाल निर्धारित २० मध्ये ११ ओभरमात्र खेल्दै अल आउट भयाे ।

बलिङतर्फ ओमानका आमिर कलीमले ५ विकेट लिए भने बिलाल खानले २ तथा माेहम्मद नदीम र खवर अलीले एक एक विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया