विश्वकप छनोट: अष्ट्रेलियासँग नेपाल पाँच-शून्य गोल अन्तरले पराजित

 असोज २३, २०७६ बिहिबार १७:१३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकप फुटबलको छनोट अन्तर्गत नेपाल अष्ट्रेलियासँग ५–० गोलले पराजित भएको छ ।

अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नेपालले अष्ट्रेलियासँग निकै फितलो प्रदर्शन गर्‍यो । पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा २ गोल खायो ।

नेपालले अष्ट्रेलियाको पोष्टसम्म बल नै पुर्‍याउनै सकेन । अष्ट्रेलियाका जिमी म्याकलरेनले ह्याट्रिक गरे ।

हारपछि नेपाल तालिकाको चौथो स्थानमा झरेको छ । ३ खेल खेलेको नेपालको जम्मा ३ अंक छ ।  अष्ट्रेलिया भने २ खेलबाट ६ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

1 Comments

  • Prabin thapa

    Oct. 10, 2019, 8:02 p.m.

    फितलो होइन, राम्रो प्रदर्शन गरेको भन्नुपर्छ , खेलाडीको लेभल, पाउने सुविधा, अभ्यास अवधि हेर्दा यतिको खेल.............. धेरै राम्रो छ नेपाली टीम !!

  •  0 Reply

तपाईको प्रतिक्रिया