सर्पको टोकाइबाट दाङमा एक जनाको मृत्यु, एक जना बिरामी

 असोज २४, २०७६ शुक्रबार ८:२५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – सर्पले डस्दा दाङमा एक जनाको ज्यान गएको छ । अर्का एक जना गम्भीर बिरामी भएका छन् ।

घोराही उपमहानगरपालिका –१० झारबैराका ३५ वर्षीय बुद्धिराम चौधरीको डुमिनी नामक सर्पले डस्दा ज्यान गएको हो । बिहीबार बेलुकी खेतमा मसुरो छर्ने क्रममा सर्पले डसेर बिरामी भएका चौधरीको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै, दाङको शान्तिनगर गाउँपालिका वडा न.२ बाघमारेका ६० वर्षीय रामबहादुर रावत सर्पको टोकाइबाट गम्भीर बिरामी हुनु भएको छ ।  आफ्नै घरको बरान्डामा बसिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा सर्पले टोकेको थियो । बिरामी रावतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया