चिनियाँ राष्ट्रपतिलाई अनादर नगरौँ – बाबुराम भट्टराई

 असोज २४, २०७६ शुक्रबार १०:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई उच्च सम्मान गर्न सबैसँग आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले सीको भ्रमणका क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिन तथा कसैले सामाजिक सञ्जालमा दिइहालेमा त्यसलाई शेयर नगर्न पनि अनुरोध गर्नुभएको छ ।

सरकारसँगको असहमति आन्तरिक मामिला भएको भन्दै उहाँले २३ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई उच्च सम्मान र स्वागत गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया