सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या १० पुग्यो

 असोज २४, २०७६ शुक्रबार १२:५१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० बडहरे झिल्केमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० जना पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनास्थलमा ५ जनाको ज्यान गएको र थप ५ जनाको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । ज्यान गुमाउनेको पहिचान खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेका अनुसार घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत धुलिखेल अस्पताल लगिएको छ । डीएसपी काफ्लेका अनुसार बसमा ५० भन्दा बढी यात्रु सवार रहेका थिए । 

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाण्डौ जादै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान दुर्घटनामा परेको हो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया