पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ – शनिबार हुन लागेको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको विशेष तयारी भैरहेको छ । चिनियाँ राष्ट्रपतिकै भ्रमणलाई लक्षित गरेर नेपाला विद्युत प्राधिकरणले सडकका तार ब्यवस्थित गर्ने र सडक बत्ती मर्मतको काम थालेको छ ।
प्राधिकरणको नयाँ बानेश्वर, रत्नपार्क र कुलेश्वर वितरण केन्द्रले नियमित विद्युत आपूर्तिको लागि तार व्यवस्थित बनाइरहेका छन् । यसको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफैँ फिल्डमा खटिनुभएको छ । उहाँले केही दिनदेखि एयरपोर्ट, बानेश्वर, सोल्टी होटल, शितलनिवासमा पुगेर बिजुली व्यवस्थित बनाउन भैरहेका प्रयास निरीक्षण गर्नुभएको छ ।
‘यो निकै महत्त्वपूर्ण भ्रमण हो, प्राधिकरणले पनि भ्रमण सफल बनाउन आफ्नो क्षेत्रको काम गरिरहेको छ ।’ घिसिङले उज्यालो अनलाइनसँग भन्नुभयो । बिजुली भरपर्दो बनाउन पुराना ट्रान्सफर्मर फेर्नेदेखि तार फेर्ने र सफा गर्नेसम्मका काम प्राधिकरणले गरिरहेको छ ।
यस्तै, सडकमा गुजुल्टिएका तार ब्यवस्थित गर्ने काम पनि भैरहेको छ । यसको लागि केवल अपरेटर र इन्टरनेट सेवा प्रदायकको संस्था आईएसपीएनसँग सहकार्य भैरहेको बानेश्वर वितरण केन्द्र प्रमुख बाबुराम सुवेदीले जानकारी दिनुभयो ।
‘हामिले बकेट क्रेनमार्फत मर्मत र तार व्यवस्थापनको काम गरिरहेका छौँ, केवल अपरेटर र आईएसपीएनहरुले जनशक्ति खटाउनुभएको छ’ सुवेदीले भन्नुभयो ।
यस्तै, सडक बत्ती जडान र मर्मतको काम पनि भैरहेको छ । खासगरी सोलार बत्ती नभएका स्थानमा प्राधिकरणले नै नयाँ सडक बत्ती जडान गरिरहेको छ । सोलार बत्ती नभएको र सडकको एकापट्टी मात्र बत्ती भएको ठाउँमा सडक बत्ती राखिने प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।