चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलदेखि माइतीघरसम्म झिलिमिली

 असोज २५, २०७६ शनिबार ७:३९:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि काठमाण्डौलाई सजाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टी होटेलसम्मका सडक झकिझकाउ पारिएको छ । त्यस्तै राष्ट्रपति भवन शीतल निवाससम्मको सडक पनि चिल्लो पारिएको छ । शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि माइतीघर मण्डलासम्म झिलिमिली पारिएको छ ।

भ्रमणलाई लक्षित गरेर काठमाण्डौका झण्डै ३० किलोमिटर सडकमा निर्माण र मर्मतको काम भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा चीनका राष्ट्रपति सीले शनिबार र आइतबार नेपालको दुई दिवसीय राजकीय भ्रमण गर्नुहुने कार्यक्रम छ ।

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सीसहितको विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नुहुनेछ ।

तस्बिरहरु - रासस

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया