चिनियाँ राष्ट्रपति सीको सवारीको बेला सडक पुरै खाली हुने

 असोज २५, २०७६ शनिबार ११:४७:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार काठमाण्डौ आइपुग्दा गाडीको आवागमन प्रभावित हुने भएको छ ।

ट्राफिक प्रहरीले शनिबार र आइतबार ठूला गाडी चक्रपथभित्र प्रवेश गर्न रोक लगाएको छ । अरु गाडीलाई पनि सकेसम्म वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

‘अति विशिष्ट व्यक्तिको सवारी हुने रुट भएर सकेसम्म नहिँड्न अनुरोध गरेका छौँ’, ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले उज्यालो अनलाइनसँग भन्नुभयो ।

चिनियाँ राष्ट्रपतिको सवारीको बेला भने त्यो रुट भएर चल्ने कुनै पनि गाडी चल्न नपाउने उहाँले बताउनुभयो । सवारीको केही घण्टा अघिदेखि नै सडक खाली हुने उहाँको भनाइ छ । सवारीको बेला सडकको दुवै किनारामा पैदल हिँड्न र उभिन समेत रोक लगाउने प्रहरीको तयारी छ ।

चिनियाँ राष्ट्रपति सी दिउँसो ४ः३० बजेदेखि ५ः०० बजेभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । त्यहाँबाट उहाँ तीनकुने, बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, सोल्टीमोड हुँदै सोल्टी होटल पुग्नु हुनेछ ।

ट्राफिक प्रहरी महाशाखाले शनिबार र आइतबार अति आवश्यक कामका लागि मात्रै गाडी चलाउन पनि आग्रह गरेको छ । गाडी डाइभर्सन गर्ने ठाउँहरु एकिन नगरिए पनि भीभीआईपीको सवारी भएको समयमा ट्राफिक प्रहरीले आवश्यकताअनुसार डाइभर्सन गर्ने महाशाखाका प्रवक्ता रविकुमार पौडेलले जानकारी दिनुभयो । महाशाखाले पुराना गाडी नचलाउन र अनावश्यक हर्न पनि नबजाउन चालकलाई अनुरोध गरेको छ ।

त्यहाँ केहीबेर आराम गरेपछि उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास जानुहुनेछ । शीतल निवासमा बेलुकी ६ः३० बजे भेटघाटको समय तय भएको छ । त्यसपछि उहाँ सोल्टी होटल फिर्ता हुनुहुनेछ । त्यहाँ प्रमुख विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता हुनेछ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया