चिनियाँ राष्ट्रपति सी सवार हुने सडककाे अवस्था बुझ्न प्रधानमन्त्री ओली आफै विमानस्थलदेखि साेल्टी माेडसम्म

 असोज २५, २०७६ शनिबार १२:१४:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणलाई उच्च महत्व दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सी सवारी हुने सडकमा पुगी जानकारी लिनुभएको छ ।

सरकारले त्यस क्षेत्रमा कलात्मक सौन्दर्यसहित स्वागतका लागि विभिन्न तयारी गरेको छ । त्यसबारे जानकारी लिन प्रधानमन्त्री ओली शनिबार बिहान ६ः३० बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सोल्टीमोडसम्मको सडकमा निस्कनुभएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले भ्रमणका कार्यसूचीलगायत सम्पूर्ण तयारीका पक्षमा प्रधानमन्त्री ओलीले नजिकबाट चासो दिँदै आउने क्रममा सडकको अवस्था बुझ्नुभएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सीका लागि स्वागत गर्दा नेपाली कलाकारबाट प्रस्तुत गरिने चिनियाँ सङ्गीत शुक्रबार श्रवणसमेत गर्नुभएको थियो । चिनियाँ राष्ट्रपति सीको सम्मानमा नेपालको सुप्रसिद्ध सांगीतिक समूह ‘सुर–सुधा’ ले विशेष प्रस्तुति दिँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिवसीय भ्रमणका लागि राष्ट्रपति सी शनिबार अपराह्न काठमाण्डौ आउँदै हुनुहुन्छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया