जाडो छल्न विभिन्न देशका चरा नेपाल आउन थाले

 असोज २५, २०७६ शनिबार १२:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - नेपाल पन्छी संघ

काठमाण्डौ – जाडो छल्नका लागि विभिन्न देशबाट चराहरु नेपाल आउन थालेका छन् ।

चीन, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायत ठाउँबाट चरा आउने क्रम सुरु भइसकेको चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।जाडो छल्न तथा आहारा खोज्न चराहरु ४-५ हजार माइल पार गरेर नेपाल आउने गरेका उहाँले बताउनुभयो ।

असोजमा आउन थाल्ने चरा चैत वैशाखमा फर्कने गरेका छन् । जाडो छल्न हिउँदमा १ सय ५० प्रजातिका र गर्मी छल्न ५० देखि ६० प्रजातिका चरा नेपाल आउने उहाँले जानकारी दिनुभयो ।

कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहितका सिमसार क्षेत्रमा हाँस तथा गिद्ध प्रजातिका आप्रवासी चराले हिउँद बिताउने गरेका छन् ।

यसैबीच आज विश्व आप्रवासी चरा दिवस मनाइँदैछ । वर्षमा २ पटक मे महिनाको दोस्रो शनिबार र अक्टोबरको दोश्रो शनिबार यो  दिवस मनाउने गरिन्छ । 

अन्तिम अपडेट: फागुन ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया