जन्ती बोकेको गाडी दुर्घटना, एकजनाको मृत्यु

 असार ३२, २०७५ सोमबार ९:३५:४० | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर – जन्ति बोकेको भारतीय नम्बर प्लेटको बस त्रियुगा नगरपालिका वडा नम्बर ६ मा आइतबार राती दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

भारतको फारमिसगन्जबाट जन्ती लिएर त्रियुगा नगरपालिका वडा नं. ६ जलजले आएको वि.आर. ११ ज. ४४२८ नम्बरको बस दुर्घटना हुँदा भारतिय नागरिक ३२ वर्षीय मनोज दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एसपी नवराज भट्टले जानकारी दिनुभयो । 

दुर्घटनामा गम्भीर घाइते भएका दासको उपचारको क्रममा जिल्ला अस्पतालमा ज्यान गएको हो । घटनापछि फरार भएका बस चालकको खोजी भैरहेको एसपी भट्टले बताउनुभयो । दुर्घटनामा सामान्य घाइते भएका अन्य यात्रुको जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।  
 

अन्तिम अपडेट: चैत १, २०८०

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया