च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - नेपालको दुईदिने राजकीय भ्रमणमा आउनु भएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना गर्नु भएको छ ।
रात्रिभोजमा चीन र नेपालका राष्ट्रपति तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तिहरु सहभागी हुनुहुन्छ ।
रात्रिभोजमा अधिकांश नेपाली परिकार पस्किइएको छ । रात्रिकोजको सुरुवाति परिकार(स्टार्टर) का रुपमा बारा, मोमोका साथै लुक्लाको सिमीसँग साँधेको भटमास रहेको छ ।
त्यसपछि चिनियाँ राष्ट्रपतिलाीई कुरिलो र क्वाँटीको रस प्रस्तुत गरिनेछ । त्यस्तै रात्रिभोजको मुख्य परिकारमा पट रोस्ट ल्याम्ब चप(भेडाको पाठाको विशेष परिकार) रहेको छ । त्यस्तै मुख्य परिकारकै विकल्पमा क्यान्टोनिज प्यान फ्राइड नुडल्स रहेको छ ।
रात्रिभोजको डेजर्टका रुपमा विभिन्न मिठाईका परिकारसहित गुल्मीको कफी र इलामको चिया पनि समावेश रहेको छ ।
रात्रिभोजमा सरिक हुनुअघि राष्ट्रपति भवन शीतल निवासमा चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको थियो । राष्ट्रपति सी भारतको दुई दिने भ्रमण सकेर शनिबार दिउँसो नेपालको राजकीय भ्रमणमा आउनु भएको हो ।
मेन्यूमा के-के छ ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।