च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
नवलपरासी – गैँडाकोट नगरपालिकामा जुवा खेलिरहेका १० जना पक्राउ परेका छन् । गैँडाकोट –१०, भैँसाखोरीमा रहेको राजकुमार सुनारको घरमा जुवा खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटको प्रहरी टोलीले शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटले बताउनुभयो ।
पक्राउ पर्नेमा गैंडाकोटका ४० वर्षीय इन्द्र राना , २५ वर्षीय सुजन बराल, २५ वर्षीय देव गुरुङ, ३१ वर्षीय मनोज गुरुङ, ३९ वर्षीय थिरबहादुर महत्तो, ४४ वर्षीय सञ्जय अधिकारी, ३४ वर्षीय भिम रावल, ३१ वर्षीय सुनबहादुर सुनारी, २५ वर्षीय अनिल सुनार र ३३ वर्षीय राजकुमार सुनार रहेको प्रहरी नायव उपरीक्षक रानाभाटले बताउनुभयो । जुवाको खालबाट प्रहरीले ७१ हजार ५०२ रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध मुद्धा दायर गरी कारबाही गरिने प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।