चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता

 असोज २६, २०७६ आइतबार ११:१:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेकपा सचिवालयका नेताहरुबीच सामूहिक भेटवार्ता भएको छ । 

होटल सोल्टीमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा सचिवालय सदस्य र सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच सामूहिक भेटवार्ता भएको हो । भेटमा दुवै देशका कम्युनिष्ट पार्टीकाबीच आपसी सहकार्य र हितका विषयमा कुराकानी भएको छ ।

भेटमा नेकपा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, बामदेव गौतम, विष्णु पौडेल सहभागि हुनुहुन्छ । 

सामूहिक भेटवार्तापछि सी र प्रचण्डबीच पनि एक्ला–एक्लै वार्ता हुँदै छ । त्यसपछि प्रधानमन्त्रीसँग भेटवार्ता हुने र लगत्तै द्विपक्षीय सम्झौता हुने कार्यक्रम छ । 

शनिबार २ दिने नेपाल भ्रमणमा आउनुभएका सी आइतबार दिउँसो १ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया