च्याम्पियन्स ट्रफी : अफगानिस्तानसँग पराजित हुँदै इङ्ग्ल्याण्ड प्रति...
फागुन १५, २०८१ बिहिबार
मकवानपुर – मकवानपुरको मनहरीमा प्रदेश ३ सरकारले कागज उद्योग स्थापना गर्ने भएको छ । यसका लागि डीपीआर निर्माण गरी काम अघि बढाउने तयारी भइरहेको छ । प्रदेश–३ सरकारले निजी क्षेत्र सँगको साझेदारीमा कागज उद्योग स्थापना गर्ने तयारी गरेको हो ।
झण्डै दुई अर्ब रुपैयाँको लगानीमा मनहरीमा कागज उद्योग स्थापनाको लागि तयारी गरिएको प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले बताउनुभयो । बहुवर्षीय योजनामा राखेर काम गर्ने तयारी गरिएको हो । चालू आर्थिक वर्षमा कागज उद्योगको डीपीआरका लागि ५० लाख रुपैयाँ रकम छुट्याइएको छ ।
निजी क्षेत्रसँगको साझेदारीमा कागज उद्योग खोल्ने तयारी गरिएको बताउँदै मन्त्री नेपालले भन्नुभयो ‘सरकार मात्रैले उद्योग खोल्दा अरु सरकारी उद्योगको जस्तो हालत हुने भएकाले निजी क्षेत्रसँगको साझेदारीमा उद्योग खोल्ने मोडालिटी बनाउँदै छौँ । त्यसमा सरकारको पनि शेयर रहने र निजी क्षेत्रको पनि शेयर रहने छ ।’
प्रदेश सरकारले निर्माण गर्न लागेको कागज उद्योगका लागि जग्गा अभाव नहुने मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । मनहरीमा सरकारी जमिन ८ हजार रोपनी नाप जाँच गरिएको छ । अरु सरकारी जमिन अतिक्रमण भएका स्थानमा पनि हटाउने तयारी भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पद्म राज पाठक
Oct. 15, 2019, 1:38 p.m.नयां बनाउनु भन्दा भ्रिकुटि कागज कारखानालाइ पुन चलाउ