रुस र अमेरिकी अधिकारीहरूले सम्बन्ध सुधारबारे इस्तानबुलमा थप ...
फागुन १५, २०८१ बिहिबार
गुल्मी - गुल्मीमा मंगलबार दिउँसो खोला तर्ने क्रममा एक बालिकासहित दुई जना बेपत्ता बनेका छन् ।
मुसिकोट नगरपालिका–५, अन्तर्गत दोभान छल्दीमा खोला तर्ने क्रममा डुबेका तीन जनामध्ये एक जना बालकको सकुशल उद्धार गरिएको छ ।
खोला तर्ने क्रममा डुबेका ७ वर्षीय किसान विकलाई माछा मार्न गएका स्थानीयहरुले तत्काल उद्धार गर्न सफल भएका थिए भने उनीसँगै गएका २१ वर्षीय जीवन विक र ५ वर्षीया गरिमा विक अझै बेपत्ता छन् । खोलामा डुबेकाहरुको अहिले स्थानीयवासी र सुरक्षाकर्मीहरुद्वारा खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक(एसपी) राजेन्द्र सिंह खड्काले जानकारी दिनु भएको छ ।
उद्धार गरिएका बालक र डुबेर बेपत्ता बनेकाहरुकोे ठेगाना अझै खुल्न सकेको छैन । उनीहरु कहाँ जाँदै थिए भन्ने बारेमा समेत कुनै जानकारी प्राप्त नभएको प्रहरिले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।