न्यू बुटवल–गोरखपुर नेपाल भारत अन्तरदेशीय प्रसारण लाइनमा सहमति: ३ वर्षमा काम सकिने

 असोज २८, २०७६ मंगलबार २०:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - न्यू बुटवल–गोरखपुर नेपाल भारत अन्तरदेशीय प्रसारणलाइन बनाउन दुवै देशले संयुक्त कम्पनी खोल्ने भएका छन् ।

बुधबारदेखि भारतमा चलिरहेको सचिव स्तरीय संयुक्त निर्देशक समितिको बैठकले ४ सय केभीको बुटवल-गोरखपुर प्रसारण लाइन बनाउन कम्पनी स्थापना गर्ने सहमती गरेका हुन् । कम्पनीका लागि ८० प्रतिशत ऋण खोज्ने र २० प्रतिशत स्वपुँजी दुवै पक्षले आधा आधा लगानी गर्ने पनि सहमति भएको बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो अनलाइनलाई जानकारी दिनुभयो ।

उहाँले ६ महिनाभित्र कम्पनी खोल्ने र ३ वर्षभित्र काम सक्ने मोटामोटी सम्झौता भएको पनि जानकारी दिनुभयो । प्रसारण लाइन १ सय १५ किलोमिर लामो हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया