बुटवलमा न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा

 असोज २९, २०७६ बुधबार ११:५०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – बुटवलमा पहिलो पटक न्यूरो तथा ट्रमा सेन्टर सञ्चालनमा आएको छ । 

बुटवल उपमहानगरपालिका ८ को सुख्खानगरमा तिनाउ इन्टरनेशनल हस्पिटल प्राइभेट लिमिटेडले न्यूरो तथा ट्रमा उपचारको सेवा सुरु गरेको हो । चिकित्सकसहित विभिन्न क्षेत्रका १५ जना व्यक्तिहरुको समूहले १६ करोडको लगानीमा अस्पताल सञ्चालनमा ल्याएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी दिनुभयो । 

५० शैया क्षमता रहेको अस्पतालले २४ शैयाको प्रारम्भिक स्वीकृति पाएको छ । न्यूनतम मापदण्ड पूरा गरी अस्पताल सञ्चालनमा आएको र अस्पताल पूर्णरुपमा वातानुकुलित रहेको अध्यक्ष खनालले बताउनुभयो ।

हाडजोर्नी तथा ट्रमा सेवा, नशा तथा स्पाइन सर्जरी, न्यूरो सर्जरी, जनरल फिजिसियन, स्त्री रोग तथा प्रसुतिलगायतका सेवा प्रदान गर्ने अस्पतालले बताएको छ । अस्पतालमा १४ जना चिकित्सक रहेका छन् । 

ट्रमाका कारण हुने आर्थिक तथा मानवीय क्षतिलाई कम गर्न अस्पतालबाट प्रदान गरिने सेवाले सहयोग पुर्‍याउने वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डाक्टर योगेन्द्र अग्रहरीले भन्नुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • yubraj Dhakal

    Oct. 16, 2019, 3:05 p.m.

    खुसी लाग्यो । अस्पतालले विपन्न बर्ग र कमूलाय लाई पनि सेवाको पहुचमा राख्ने छ ।

  •  0 Reply
  • vinod paudel

    Oct. 16, 2019, 12:03 p.m.

    हार्दिक बधाई, सफलताको शुभकामना

  •  0 Reply

तपाईको प्रतिक्रिया