मुस्कान खातुनलाई राष्ट्रिय क्रिकेट टिमले भेट्याे

 असोज २९, २०७६ बुधबार १३:२९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । 

यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडीले भेट गरेका छन् । यसका साथै बलिउड अभिनेता अमिताभ बच्चनसँग उत्तराखण्डको नैतीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेका नेपाली साथी उज्ज्वल थापा पनि हुनुहुन्थ्यो । 

पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । उनले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन भनेका छन् । साथै पारसले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।

अन्य खेलाडीहरुले पनि मुस्कानको स्वास्थ्यलाभको कामना गरेका छन् । 

यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियाे सन्देश पठाएर मुस्कानकाे हाैसला बढाउने काम गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया