सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
बाँके - नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् ।
पीडित महिला प्रहरी प्रशिक्षार्थीले आफूमाथि बलात्कार भएको भन्दै लिखित जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालय बाँकेले प्रहरी सई वमबहादुर रानालाई पक्राउ गरेको हो ।
गएको असोज २६ गते आफूमाथि बलात्कार भएको भन्दै महिला प्रहरी प्रशिक्षार्थीले लिखित जाहेरी दिएपछि असोज २७ गते जिल्ला प्रहरी कार्यालय बाँकेले सई
रानालाई पक्राउ गरेको हो ।
प्रहरी नियन्त्रणमा रहेका रानालाई थप अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवबहादुर सिंहले नेपाल प्रहरीका सई रानाबाट आफू दुर्व्यवहारमा परेको लिखित उजुरी परेपछि मंगलबार मुद्दा दर्ता गरि अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Oct. 16, 2019, 8:47 p.m.टाउकै देखी कुहिएको देश मा यी हात खुट्टा मा क्यान्सर हुनु त स्वाभाबिक नै हो नि ।