मिर्गाैला तस्करीकाे आरोपमा निदान अस्पतालका प्रमुखसहित ५ जना पक्राउ

 असोज २९, २०७६ बुधबार २०:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – ललितपुरको पुल्चोकमा रहेको निदान अस्पतालले मानव अङ्ग बेचबिखन गरिरहेको पाइएको छ ।

मानव अङ्ग बेचबिखन गरेको आरोपमा प्रहरीले निदान अस्पताल ललितपुरका प्रमुख विपेन्द्र प्रधान र जिल्ला प्रशासन कार्यालय ललितपुरका शाखा अधिकृत रामचन्द्र आलेसहित पाँच जनालाई पक्राउ गरेको हो ।

प्रहरीले निदान अस्पतालका सीईओ विपेन्द्र प्रधान, अस्पतालका कानूनी सल्लाहकार कुमार भट्टराई, डाक्टर राजेश पन्त, र मिर्गौला लिने रामेछाप दोरम्बाका शंकरलाल लामालाई पक्राउ गरिएको जानकारी दिएको छ ।

नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न रहेको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट ३ लाख रुपैयाँ लिएर मिर्गौला बेचेको खुलेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया