आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
रसुवा – चीनबाट १७ करोड ६३ लाख रुपैयाँ मूल्य बराबरको चिनियाँ ओखर आयात भएको छ । रसुवागढी नाका हुँदै २०७४ साउनदेखि यही असोज २७ गतेसम्म १७ करोड ६३ लाख १९ हजार ३ सय ८८ मूल्य बराबरको ओखर आयात भएको हो ।
रसुवागढी भन्सार कार्यालयका अनुसार यो अवधिमा ७ लाख ५० हजार ८ सय ६८ केजी ओखर आयात भएको छ । आयात भएको ओखरमध्ये ७२.५२ प्रतिशत अर्थात ५ लाख ४४ हजार ५ सय ३६ केजी छोडाएको ओखर रहेको छ ।
यस्तै, २ लाख ६ हजार ३ सय ३२ केजी ओखर चाहिँ नछोडाएको नै आयात भएको कार्यालयले जनाएको छ । नेपालमा उत्पादन कम हुने र माग बढ्दै जाँदा आयात पनि बढ्दै गएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।