गैरआवासीय नेपाली संघको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न

 असोज ३०, २०७६ बिहीबार १८:३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका मतदान सम्पन्न भएको छ ।

बिहीबार बिहान १० बजेदेखि सुरु भएको मतदान बेलुकी साढे पाँच बजे सकिएको हो । २५ सय मतदाता रहेकोमा झण्डै २३ सय मत खसेको अनुमान गरिएको निर्वाचन समितिका प्रवक्ता भूषण घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

अहिले मुचुल्का उठाउने काम भैरहेको छ ।  बुधबार रातभरि पनि विवादका कारण निर्वाचन समितिका पदाधिकारी र उम्मेदवार तथा मतदाता सुत्न नपाएकोले बिहीबार मतगणना हुने सम्भावना न्यून रहेकोे पनि घिमिरेले बताउनुयो ।

४२ पदका लागि बुधबार नै मतदान हुने कार्यतालिका रहे पनि विवादका कारण बिहीबारलाई सारिएको हो । यसैबीच ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ सुरु भएको गैरआवासीय नेपाली संघ ‘एनआरएनए’ को नवाैँ विश्व सम्मेलन बिहीबार सकिँदैछ ।

सम्मेलनको समापन केही बेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तयारी छ । सम्मेलनमा ८१ देशका प्रतिनिधिसहित २५ सयभन्दा धेरै सहभागी रहेको एनआरएनएले जनाएको छ । संघको अध्यक्षमा कुल आचार्य र कुमार पन्तले उम्मेदवारी दिनु भएको थियो । 
 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया