महावीर पुनकाे नेतृत्वमा ८ करोडकाे लगानीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

 कात्तिक १, २०७६ शुक्रबार १४:३२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।

वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो ।

जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडकाे लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिनुभयो ।

नयाँ–नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न र देशको आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनुभयो ।

केन्द्रमा हाल २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ ।

केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगरलगायतका शहरमा काम सुरु गरिएको छ ।

केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पार्नुभयो । उहाँले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताउनुभयो ।

नेपालको ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा ल्याएका वैज्ञानिक पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्व गर्नु भएको हो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Roshan pandey

    Oct. 19, 2019, 6:12 p.m.

    नयाँ प्रोजेक्टको बारे कसरी जानकारी पाइन्छ ?

  •  0 Reply
  • Ramesh Kumar Sharma

    Oct. 19, 2019, 11:46 a.m.

    उत्तरोत्तर प्रगति को कामना .

  •  0 Reply

तपाईको प्रतिक्रिया