अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपको उपाधि म्यानमारलाई, नेपाल १...
फागुन १५, २०८१ बिहिबार
ललितपुर - जावलाखेलमा शुक्रबारदेखि १३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी र मेला सुरु भएको छ ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगँन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको मेलामा ४९ ओटा स्टल राखिएको फ्लोरिकल्चर एसोसिएशन अफ् नेपालले जनाएको छ ।
यस पटक मेलामा विदेशबाट आयात गरिएका १६ ओटा नयाँ प्रजातिका फूलको पनि प्रदर्शनी हुनेछ । तिहार नजिकिँदै गर्दा एसोसिएशन गोदावरी फूल प्रदर्शनीको तयारीमा जुटेको हो ।
घर, आँगन बगैँचालगायत सजाउन र स्वागत सत्कारमा विशेष प्रयोग गरिने फूलको व्यवसायिक प्रवर्द्धन तथा पुष्प व्यवसायीलाई हौसला प्रदान गर्न प्रतियोगिता गर्न लागिएको एसोसिएशनले बताएको छ ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । नेपालमा पुष्प व्यवसायमा आबद्ध हुनेको संख्या सात सयभन्दा धेरै छ भने ४३ जिल्लामा फूल खेती विस्तार भइसकेको छ ।
३५ हजारभन्दा धेरैले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा ५० लाख रुपैयाँ बराबरको कारोबार हुने एसोसिएशनले जनाएको छ । शुक्रबारबाट सुरु भएकाे पुष्प मेला कात्तिक ४ गतेसम्म चल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।