सुनसरीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयाे
फागुन १४, २०८१ बुधबार
काठमाण्डौ - सुनचाँदीको अवैध आयात गरी कारोबार गर्ने २ जना भारतीय नागरिकविरुद्ध जिल्ला अदालत कैलालीमा मुद्धा दायर भएको छ ।
भारत पालिया खिरी घर भइ अहिले धनगढीमा शिवम् सुनचाँदी पसल चलाउने अतुल वर्मा र सुशीलकुमार राजपुतलाई सुनचाँदी अवैध रुपमा आयात गरी कारोबार गरेको आरोपमा ८ करोड ६ लाख रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
अतुल वर्माले एकाघरका बुवा सुशीलकुमार राजपुतको नाममा दर्ता भएको शिवम सुनचाँदी पसलको आडमा भन्सार छलेर ल्याएको सुनचाँदी बिल बिजकबिना नै खरिद तथा बिक्री वितरण गरेको राजस्व विभागले जनाएको छ । कारोबारबाट प्राप्त भएको रकम प्रतिवादी अतुल वर्माको बैंक खातामा जम्मा गरेको विभागको दाबी छ ।
भन्सार राजस्व तथा आयकर समेत चुहावट गरेको कसुरमा बैंक स्टेटमेन्टमा देखिएको ७ करोड ५१ लाख २८ हजार रुपैयाँ र यसलाई पुष्टि गर्ने गरी त्यही रकम बराबरको सुनचाँदीको कारोबार गरेको निजको मोबाइलमा देखिएको तस्बिरबाट पुष्टि भएको विभागले जनाएको छ ।
उनीहरुलाई दोब्बरसम्म जरिबाना र ३ वर्षसम्म कैद सजायको माग गरेर मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।