गायक दुर्गेश थापा पक्राउ

 कात्तिक ५, २०७६ मंगलबार १३:२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो ।

थापालाई बालाजुबाट नियन्त्रणमा लिएर अहिले महाशाखामा ल्याइएको माहाशाखा प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभयो ।

दुर्गेशले तिहारलाई मध्यनजर गर्दै सार्वजनिक गरेको गीतले समाज भड्किलो बनाउने भन्दै उजुरी परेको थियो । उनले सार्वजनिक गरेको गीत युट्युबबाट हटाए छाड्न सक्ने पनि जनाएको छ ।

अन्तिम अपडेट: फागुन ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Manish

    Oct. 22, 2019, 2:32 p.m.

    गीतको शब्दले मान्छे समात्न पाइंदैन /

  •  0 Reply

तपाईको प्रतिक्रिया