आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
संखुवासभा - नेपाली सेनामा लगाइदिन्छु भनेर पैसा ठगी गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चिचिला गाउँपालिका–१ बस्ने राजु भन्ने राजकुमार राई रहेको जिल्ला प्रहरी कर्याालय संखुवासभाका प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष राईले बताउनुभयो ।
उहाँका अनुसार, नेपाली सेनामा भर्ना गराइदिने प्रलोभनमा पारेर उम्मेदवारको आमासँग एक लाख २० हजार रुपैया मागेको, त्यसमा दुवै जना बीच ८० हजार रुपैयामा सहमति भइ ५० हजार रुपैया लेनदेन समेत भएकाे थियाे ।
बराहदल गुल्म, खाँदबारी ब्यारेक संखुवासभामा आएकाे सूचनाको आधारमा ठगी गर्ने राजु भन्ने राज कुमार राईलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक राईले बताउनुभयो ।
नियन्त्रणमा लिइएका राजकुमारको साथबाट ५८ हजार रुपैयाँ समेत बरामद गरिएको छ । उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको र त्यसपछि जिल्ला अदालत चैनपुर पठाइने पनि इन्सपेक्टर राईले जनाउनुभएको छ ।
बराहदल गुल्म खाँदबारी ब्यारेकले गएको साउन १६ गते देखि भदौ २३ गते सम्म विज्ञापन आह्वान गरेको थियो । त्यसै अनुरुप सबै प्रक्रिया पूरा भएर कोटा अनुसार भर्ना प्रक्रिया सकिइसकेकाे बराह दल गुल्मले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।