अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपको उपाधि म्यानमारलाई, नेपाल १...
फागुन १५, २०८१ बिहिबार
काठमाण्डौ - पूर्व गृहराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलमात्रै नभई उहाँकाे परिवारका सदस्य पनि भारतीय नागरिक रहेको खुलेको छ ।
कँडेलसँगै उनका भाइ अनिलराज कँडेल, भतिजाद्वय मुकुन्दराज कँडेल र कुमुदराज कँडेल पनि भातीय नागरिक रहेको खुलेको हो । उनीहरु सबैले भारतीय चुनावमा मतदान गर्ने गरेको भारतीय सञ्चार माध्यम लाइभ हिन्दुस्तानले जनाएको छ ।
उनीहरु सबैको मतदाता सूचीमा नामावली रहेको र उत्तरप्रदेशको महाराजगञ्ज लोकसभा क्षेत्रको ठूठीबारीबाट मतदान गर्ने गरेको पनि उल्लेख छ । केही समयअघि भएको लोकसभा चुनावमा पनि उनीहरुको नामावली मतदाता सूचीबाट नहटाइएको पनि पत्रिकाले लेखेको छ ।
गएको चुनावमा नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा २ बाट कँडेल विजयी हुँदै संघीय संसद बन्नुभएको छ । कांग्रेसबाट उम्मेदवार बनेका कँडेलले वाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका तत्कालीन माओवादी केन्द्रका पोलिटब्युरो सदस्य घनश्याम यादवलाई १० हजार २ सय ३२ मतले पराजित गर्नुभएको थियो ।
नेपालमा संघीय संसदको सदस्यमा विजयी भएको एक वर्षपछि २०१८ नोभेम्बरमा कँडेल भारतको उत्तरप्रदेश, महाराजगञ्जको ठुठीबारीस्थित राधाकुमारी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि चुनाव लड्दै विजयी बन्नुभएको थियो ।
सन् १९५२ मा स्थापना भएको राधाकुमारी इन्टर कलेज त्यस क्षेत्रकै चर्चित शैक्षिक संस्था हो । कँडेलले ठूटीबारी ग्राम पञ्चायतका अध्यक्ष राजेश सिंहलाई हराउँदै कलेजको प्रबन्धकमा विजयी हुनुभएको थियो ।
कलेज सञ्चालक समितिको रुपमा रहने आर्य विद्या प्रसार समितिको चुनावमा कँडेलले ६ मत ल्याउँदै सिंहलाई २ मतले पराजित गर्नुभएको थियो । सञ्चालक समितिमा रहेको १० मत मध्ये बहुमत कँडेलको पक्षमा परेको हो ।
आर्य विद्या प्रसार समितिको अध्यक्षका लागि ८ अगस्त देखि १६ अगस्तसम्म हुनु पर्ने चुनाव विभिन्न कारणले स्थगित हुँदै नोभेम्बरमा भएको थियो । कँडेल नवलपरासीमा जस्तै सीमा पारी ठूठीबारी क्षेत्रमा पनि लोकप्रिय रहेकाे बताइएकाे छ । त्यसैले त्यहाँको चुनावमा पनि कँडेल विजयी बनेको स्थानीयको भनाइ छ ।
कँडेल अध्यक्षमा विजयी भएसँगै कलेजले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा सहभागी हुने गरेको पाइएको छ । अध्यक्षमा विजयी भएसँगै कलेजले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उद्घाटन नै कँडेलले गर्नुभएको स्थानीय सञ्चारकर्मी आदित्यनाथ पटवाले गरेको ट्विटमा भेटिन्छ ।
आदित्यनाथकाे ट्वीटमा नेपालका पूर्व गृहमन्त्री एवं वर्तमान सांसद कँडेलले राधाकुमारी इन्टर कलेजको खेल मैदानमा स्व. ईश्वरराज क्रिकेट प्रतियोगिताको उद्घाटन गरेको उल्लेख छ ।
यस्तै भारतको गणतन्त्र दिवसका दिन कलेजले आयोजना गरेको कार्यक्रममा पनि कँडेल सहभागी भएको भेटिएको छ ।
भारतमा छानबिन
कँडेलको नागरिकताको विषयमा भारतमा पनि छानबिन चलिरहेको छ । महाराजगञ्ज जिल्ला निर्वाचन कार्यालयले कँडेलको नेपाल र भारत दुवैतिर मतदाता नामावलीमा नाम रहेको बारे परेको उजुरीका बारेमा छानबिन भइरहेको जनाएको छ ।
मतदाता पुन:परीक्षणका क्रममा कँडेलसहित उनका परिवार र नवलपरासीकै उज्ज्वल सिंह गड्तौलाको पनि नामावली रहेको फेला परेको थियो । तर उनीहरुको नामावली काट्ने काम भने नभएको र अहिले पनि मतदाता सूचीमा उनीहरुको नाम यथावत छ । उनीहरुले भारतमा हुने गरेको चुनावमा भोट पनि हाल्दै आएका छन् ।
नेपालमा पनि अनुसन्धान हुँदै
कँडेलको दोहोरो नागरिकता रहेको भन्दै परेको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानविन गरिरहेको छ । अख्तियारको निर्देशनमा नेपाल प्रहरीको सीआईबीको टोली गोरखपुर पुगेर कँडेलका बारेमा आवश्यक प्रमाणहरु संकलन गरेको फर्केको छ ।
नेपालको संविधानले दोहोरो नागरिकता लिन नपाउने र त्यसो गरे कारबाही हुने व्यवस्था छ । नेपाल नागरिकता ऐनमा दाेहाेराे नागरिकता लिनेलाई ५ वर्षसम्म कैद र १ लाख जरिबानाकाे व्यवस्था गरिएकाे छ ।
यस्तै भारतीय कानुनले पनि गैरभारतीय व्यक्ति कुनै पनि प्रतिष्ठानको पदाधिकारी हुन रोक लगाएको छ । त्यसैले कँडेलले आफू भारतीय नै रहेको भन्दै कलेजको अध्यक्ष बन्नु भएकाे हाे ।
उहाँले कलेजको अध्यक्ष बनेर सपथ लिने बेला पनि आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको सपथ पत्रमा उल्लेख गर्नु भएकाे छ।
यस्तै कँडेलले आफू भारतको गोरखपुर निवासी भनेरै भारतीय सवारीचालक अनुमतिपत्रसमेत लिएको नयाँ पत्रिकाले लेखेको छ । ‘यूपी ५३ २०१४००१४७७३४’ नम्बरको चालक अनुमतिपत्र सन् ११ जुन २०१४ मा नवीकरण गरेको पनि उसले लेखेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Oct. 29, 2019, 10:47 a.m.यस्लाई मात्र केको दोश ऐले का २५% सांसद र मन्त्री को बिदेशी रेड कार्ड , पि आर्, अनि पुरै नागरिकता छ । अरु त अरु कयौ पटक अर्थ मन्त्री भएको माहत सगा अमेरिकाको नागरिक ता नै छ्, घर समेत अमेरिका मा छ । अनि ?
lumbinikhabar
Oct. 22, 2019, 5:59 p.m.यस्ता घटियाहरुलाइ हदैसम्मको कारबाही हुनुपर्छ ।