आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
गोरखा - गोरखाको पालुङटारमा सिंगुसले टोकेर ६ जना घाइते भएका छन् ।
पालुङटार वडा नम्बर–४ को अग्ला चिलाउने भन्ने जंगलमा गोठालो गएका उनीहरुलाई दिउँसो साढे १२ वजेतिर सिंगुसले टोकेको इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । उनीहरु सबै गाईबस्तु चराउन जंगल गएका थिए ।
घाइते भएकामध्ये पालुङटार ४ बस्ने ४१ वर्षीय निर्मला विक र ५५ वर्षीय दिपक अधिकारीलाई थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने स्थानीय मेडिकलमा उपचार गरिएको छ ।
उनीहरु सबै उपचारपछि घर फर्केका इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले जनाएको छ । गएको तीन वर्ष यता त्यस क्षेत्रमा धेरैलाई सिंगुसले टोकेको स्थानीय बासिन्दाले बताएका छन् ।
सिंगुस मौरी प्रजातिको किरा हो । यसले सिमलको रुखलगायतका अग्लो ठाउँमा गोला बनाउने गर्दछ । सिंगुसको महमा विशेष प्रकारको औषधीय गुण हुने विज्ञहरु बताउँछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।