आज र भोलि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
फागुन १५, २०८१ बिहिबार
काठमाण्डाै - पूर्व गृहराज्य मन्त्री एवं संघीय सांसद देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति नेपाली कांग्रेसले चासो देखाएको छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कँडेलको दोहोरो नागरिकताकाका विषयमा निष्पक्ष अनुसन्धानबिना नै किटान गरेर समाचार लेख्न नहुने भन्दै सचेत गराउनुभएको छ ।
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 22, 2019
साथै उहाँले नागरिकतामाथि प्रश्न गर्दा हजार पटक सोचेर मात्रै कलमजीवीहरुले आफ्नो विश्वसनीयता जोगाउन कलम चलाउन पनि सुझाव पनि दिनुभएको छ ।
‘व्यक्तिका कमजोरीमाथी खुलेरै बोलौं तर नागरिकतामाथि नै प्रश्न गर्नुअघि हजार पटक सोचेर गरौं, उहाँले भन्नुभएको छ, ‘यो राजनीतिकर्मीको विषय मात्रै होइन कलमजीवीहरुको विश्वसनीयताको प्रश्न पनि हो ।’
साथै उहाँले नागरिकताका विषयमा प्रश्न उठेपछि सांसद कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउने विश्वास पनि लिनुभएको छ ।
भारतको उत्तर प्रदेशकाे महाराजगञ्ज जिल्लाको ठुठीबारीस्थित राधाकुमारी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लड्दै विजयी बनेपछि कँडेल भारतीय नागरिक रहेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
कांग्रेसले भने त्यो कलेज राणा शासन कालमा नै उहाँको हजुरआमा राधादेवीले नेपालमा खोल्न नपाएपछि नेपालीलाई पढाउनकै लागि सीमापारि गएर खोल्नु भएको र अहिले तेस्रो पुस्तामा आइपुग्दा त्यसको जिम्मेवारी देवेन्द्रराज कँडेलल लिनुभएको जनाएको छ ।
वि.सं.२०१५ मा देवेन्द्रराज कँडेलका बुवा पृथ्वीराज कँडेल कांग्रेसबाट सांसद बनेको स्मरण गर्दै नागरिकताको विषयमा प्रश्न उठाउँदा वास्तविकता बुझ्न पनि आग्रह गरेको छ । कांग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ, ‘निष्पक्ष अनुसन्धान नगरी किटानी नलेख्नु, फर्जी ठहरे जेल पठाउनु ।’
सम्बन्धित समाचार
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।