नेपाल–बंगलादेश प्राविधिक समिति बैठक : जलमार्गका विषयमा भारतसँग समन्वय गरेर त्रिपक्षीय सम्झौतामार्फत सम्बोधन गरिने

 कात्तिक ६, २०७६ बुधबार ९:३०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र बंगालादेशका प्रतिनिधिहरु विभिन्न विषयमा सहमति नजिक पुगेका छन् । मंगलबारदेखि काठमाण्डौमा सुरु भएको नेपाल–बंगलादेश वाणिज्य सह–सचिवस्तरीय प्राविधिक समितिको बैठकले गरेका निर्णयहरुमा बुधबार हस्ताक्षर हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

बैठकमा विराटनगर–बंगलादेश सिधा उडान, भारत र बंगलादेशबीचको जलमार्गमा नेपाललाई जोड्ने, नेपाल–बंगलादेश ऊर्जा व्यापार, बंगलादेशमा रहेका नेपाली विद्यार्थीको समस्या समाधानलगायका विषयमा सहमति जुटेको नेपालका तर्फबाट सहभागि प्रतिनिधिले बताएका छन् । 

जलमार्गका विषयमा भने भारतसँग पनि समन्वय गरेर त्रिपक्षीय सम्झौतामार्फत सम्बोधन गरिने भएको छ । नेपाल र बंगलादेशबीच २०३२ सालमा व्यापार तथा भुक्तानी र पारवहान सम्झौता भए यता मुख्य सम्झौता हुन सकेको छैन ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया