बल टेम्परिङ गरेको अभियोगमा श्रीलंकाली क्रिकेट कप्तान, प्रशिक्षक र व्यवस्थापकमाथि लाग्यो प्रतिबन्ध

 असार ३२, २०७५ सोमबार २१:४३:९ | एजेन्सी
unn.prixa.net

श्रीलंकाली क्रिकेट टिमका कप्तान दिनेश चान्डिमल, प्रशिक्षक चंदिका हाथुरुसिंघे र टिम व्यवस्थापक असंका गुरुसिंघेलाई दक्षिण अफ्रिका विरुद्धको चार वानडे तथा २ टेस्ट क्रिकेटमा प्रतिबन्ध लगाइएको छ । वेस्टइन्डिज भ्रमणका बेला उनीहरुलाई बल टेम्परिङ गरेको अभियोगमा निलम्बन गरिएको हो । 

उनीहरुले खेल भावना विपरीत कार्य गरेको भन्दै स्वतन्त्र न्यायिक समितिका माइकल बोलेफले निलम्बन भएको बताए । 

आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचर्डसनले आईसीसीको आचार संहिताको धारा २ उपधारा ३ एकको उल्लंघन गरेकाले ८ खेलमा प्रतिबन्ध लगाइएको हो । जसअनुसार २ टेस्ट, ४ एकदिवसीय तथा २ टी ट्वान्टी रहेका छन् ।

गएको महिना वेस्टइन्डीज भ्रमणका बेला श्रीलंकाली कप्तान चांडीमलमाथि बल टेम्परिङ गरेको आरोप लागेको थियो । जसको विरोधमा श्रीलंकाली टिम त्यो टेस्टमा २ घन्टा ढिला मैदान उत्रिएको थियो ।

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया