पारस खड्काले टी १० लिग खेल्ने पक्का

 कात्तिक ८, २०७६ शुक्रबार ८:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली क्रिकेट टिमका निवर्तमान कप्तान पारस खड्काले पनि टी १० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । नेपाली राष्ट्रिय टिमकाे कप्तानी छाेडेकाे एक सातापछि नै उनले विदेशी लिग खेल्ने पक्का भएकाे हाे ।

१० वर्ष नेपाली टिमकाे कप्तानी गरेका पारस पहिलाे पटक विदेशी फ्रेन्चाइजी लिग खेल्ने भएका हुन् ।

टी-२० र एकदिवसीय क्रिकेटमा सतक बनाउने एक्लाे नेपाली खेलाडी पारसले करियरमा अर्काे फड्काे मारेका छन् ।

यूएईमा अर्को महिना हुने टी १० मा पारस अवुधावी टिमबाट खेल्ने छन् । योसँग पारस विदेशी फ्रेन्चाइज लिग खेल्ने तेस्रो खेलाडी पनि बन्ने छन् ।

नेपालबाट लेगस्पिनर सन्दीप लामिछाने र अलराउण्डर सोमपाल कामीले विदेशी फ्रेन्चाइज लिग खेलिसकेका छन् । पारसको यो पहिलो फ्रेन्चाइज लिग पनि हो । टी १० को ड्राफ्ट गत साता नै भए पनि पारसको बारेमा भने अबुधावी टिमले पछि मात्रै जानकारी दिएको हो ।

अबुधावीको ट्वीटर ह्याण्डलबाट पारसलाई समेटिएको तस्विरसहित खेलाडीको सूची सार्वजनिक भएको छ ।

पारसले १० हजार अमेरिकन डलर पारिश्रमिक पाउने सम्झौता भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अर्को खेलाडी सन्दीप लामिछाने कर्नाटक टस्कर्सबाट टी टेन लिग खेल्नेछन् । सन्दीप ए क्याटेगरीमा परेर छनोट भएका हुन् । ए मा पर्ने खेलाडीले ४५ हजार अमेरिकी डलर पाउनेछन् । टी टेन नोभेम्बर १५ देखि २४ सम्म यूएईमा चल्ने छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया