विश्व विजेता फ्रान्सेली टोलीलाई स्वदेशमा भव्य स्वागत

 साउन १, २०७५ मंगलबार ७:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको उपाधि जितेर स्वदेश फर्किएको फ्रान्सेली टिमलाई भव्य स्वागत गरिएको छ । रसियाबाट साँझतिर घर पुगेको फ्रान्सेली टिमलाई ५ लाख भन्दा बढी समर्थकले स्वागत गरे ।

दोस्रो पटक विश्वकपको ट्रफि सहित विमानस्थलमा ओर्लदा फ्रान्सको टिमको स्वागत समर्थक विमानस्थल बाहिर बाक्लो भिँड लागेको थियो । विमानस्थलमा पनि सरकारी उच्च ओहदाका पदाधिकारीले खेलाडीलाई स्वागत गरेपछि पेरीससम्म पुग्दा पुरै सडकमा लाखौँ समर्थक ओर्लिएका थिए ।

फ्रेन्च भाषामा च्याम्पियन्स खेलेर तयार पारिएको विशेष बसमा खेलाडी जुन बाटोबाट गएका थिए, त्यसको वरपर समर्थकको बाक्लो उपस्थिति रहेको थियो । फ्रान्सको झण्डा बोकेका समर्थक खेलाडीलाई हेर्न निकै लालायित बनेका थिए । जब खेलाडी विमानस्थलबाट पेरीस पुग्ने बाटोबाट गए त्यो खेलाडी समर्थकमा खुसीको सीमा थिएन ।

निकै कडा सुरक्षाका विच खेलाडीलाई पेरीसमा परेड पनि गराइएको थियो । यतिमात्र होइन पेरीसको सडकमा खेलाडी जाँदा फाइटर प्लेनले पनि फ्रान्सको झण्डाको रंगको विशेष सो पनि गरेका थिए । फाईनलमा क्रोयसियालाई हराउदै उपाधि जितेको फ्रान्सेली टिमको जितेको खुसी साँझ ५ बजेबाट सुरु भएर रात भर जस्तै चलेको थियो ।

पेरीसको सडकमा खेलाडी जाने बाटोका लेन पुरै खाली गरिएको थियो भने एक लेनमा पुरै समर्थकले भरिएको थियो । यसका लागि त्यहाँको स्टेटले विशेष सुरक्षाका साथै ट्राफिक व्यवस्थापन पनि पूर्ण रुपमा गरेको थियो ।

नगर परिक्रमा पछि विजेता खेलाडीलाई राष्ट्रपति भवनमा पनि विशेष सम्मान दिइएको थियो । एलसी प्यालेसमा खेलाडीको स्वागतमा भब्य पार्टिको आयोजना गरिएको थियो । जसमा तीन हजार पाहुना आमन्त्रीत थिए । 

जसमध्ये एक हजार भन्दा बढी युवाहरु थिए । यसका साथै फ्रान्सले विश्व विजेता टोलीका हरेक सदस्यलाई देशको सबैभन्दा ठूलो सम्मान दिने भएको छ । उनीहरुलाई लेजियन डी अनरबाट सम्मान गरिने भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया