नीति तथा कार्यक्रम उडन्ते कुराहरुको दस्तावेज : मिनेन्द्र रिजाल

 जेठ ९, २०७५ बुधबार १३:३४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ ९ – नेपाली कांग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले सरकारले ल्याएको नीति कार्यक्रम उडन्ते कुराहरुको दस्तावेजका रुपमा आएको जिकिर गर्नु भएको छ ।

नीति तथा कार्यक्रम स्पष्ट आधारमा रहेर आउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सरकारले ल्याउको नीति तथा कार्यक्रम न नीति, न कार्यक्रमको रुपमा आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘सरकारले ल्याएको नीति कार्यक्रमलाई न नीति भन्न सकिने अवस्था छ, न त कार्यक्रम जस्तो देखिन्छ ।’

कसैले हल्लाउन नसक्ने सरकारले यस्तो कमजोर कुरो गर्दा नागरिकमा ठूलो निराशा उत्पन्न गराएको भन्दै उहाँले अहिलेको सरकारले यस्तो भन्न नसुहाउने बताउनुभयो ।  

‘नीति कार्यक्रममा यो पनि गर्छु, उ पनि गर्छु भनेको छ । यसले अहिलेको महत्वपूर्ण अवसर खेर जान्छ कि भन्ने चिन्ता उत्पन्न गराएको छ’ नेता रिजालले भन्नुभयो ।  उहाँले अब सरकारले ल्याउने बजेटले सबै क्षेत्र र वर्गलाई समेट्ने गरी ल्याउन सुझाव दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया