‘सङ्घीय राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्ने हामीले अरू के क...
मंसिर ९, २०८१ आइतबार
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ भने तीमध्ये १४ जनाको परिचय खुलेकोे छ ।
दुर्घटनामा ५० जना घाइते भएका छन् ।
ज्यान गुमाउनेहरुमा दोलखाकाे शैलुङ गाउँपालिका -५ की ५२ वर्षीया चेत कुमारी बस्नेत, शैलुङ-४ की ६ वर्षीया सलिना तामाङ, शैलुङ-३ का तीन महिने शिशु रोशन तामाङ, शैलुङ-३ की २७ वर्षीया चमेली श्रेष्ठ, शैलुङ-५ की ४५ वर्षीया रत्न कुमारी राउत, भिमेश्वर नगरपालिका-९ की २४ वर्षीया रन्जिता के.सी. बस्नेत, त्रिपुरासुन्दरी -४ की ६ वर्षीया साया श्रेष्ठ रहेका छन् ।
त्यस्तै शैलुङ-५ का २९ वर्षीय किरण राउत, शैलुङ-५ कै २० वर्षीया कविता राउत, शैलुङ-५ कै १४ वर्षीय निखिल खड्का, शैलुङ-४ का १४ वर्षीय दिल लामाऽ शैलुङ-३ की ३२ वर्षीया निर्मला खड्का, काभ्रेकाे रोशि गाउँपालिका-४ की ५ वर्षीया सजिना तामाङ् र दाेलखाकी ७० वर्षीया उरमाया मोक्तान रहेकाे प्रहरी कार्यालय बलेफीले जानकारी दिएकाे छ । अरु शवको पहिचान गर्ने काम भैरहेको छ ।
दोलखाबाट काठमाण्डाैका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस अरनिको राजमार्ग अन्तरगत सुकुटेबाट सुनकोशी नदीमा खसेको हो । अहिले भने उद्धारकार्य रोकिएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनास्थल सडकका हिसाबले जोखिमयुक्त नभएकाले दुर्घटनाको कारण खुलेको छैन । तर तीव्र गति र क्षमताभन्दा बढी यात्रुको चापका कारण दुर्घटना भएको आशंका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।